मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ । आर्थिक कारोबार गर्दा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ । लामो समयदेखि सम्पर्कविहीन आफन्तसँग पुन: कुराकानी हुने सम्भावना छ । यात्राको अवसर पनि मिल्न सक्छ । दिनको सुरुवात सूर्यदेवलाई जल अर्पण गरेर गर्नु लाभदायक रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा सुधारको संकेत देखिन्छ । लामो समयदेखि रोकिएको रकम हात पर्ने सम्भावना छ । तपाईंको बोली र व्यवहारले महत्त्वपूर्ण काम सहज बन्न सक्छ । परिवारका सदस्यबाट आवश्यक सहयोग प्राप्त हुनेछ । गाईलाई हरियो घाँस वा भोजन गराउनु शुभ मानिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा उत्साह र आत्मविश्वास बढ्नेछ । नयाँ व्यक्तिसँग हुने भेटघाट तथा सम्पर्क भविष्यमा उपयोगी बन्न सक्छ । अध्ययन, लेखन तथा बौद्धिक काममा सफलता मिल्ने सम्भावना छ भने अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ । गणेशजीको स्मरण गरी दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भावनात्मक पक्ष केही बलियो रहनेछ । परिवारबाट सुख र साथ प्राप्त हुनेछ । आम्दानीको नयाँ स्रोतबारे सोच बन्न सक्छ । घरायसी विषयमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । साँझ चन्द्रमालाई जल अर्पण गर्नु शुभ रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक प्रतिष्ठा र प्रभाव बढ्ने दिन छ । नयाँ काम वा अवसर प्राप्त हुन सक्छ । प्रभावशाली व्यक्तिसँग भेटघाट हुने सम्भावना छ । सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूका लागि दिन उत्साहजनक रहनेछ । बुबाको आशीर्वाद लिएर काम सुरु गर्नु लाभदायक हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ प्राप्त हुनेछ । शरीरमा थकान तथा आलस्य महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनुहोला । महत्त्वपूर्ण निर्णय लिनुअघि परिवारका सदस्यसँग परामर्श गर्नु राम्रो हुनेछ । हरियो मुङ दान गर्नु शुभ मानिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रता तथा सामाजिक सम्बन्ध विस्तार हुनेछन् । सहकर्मी र साथीभाइबाट अपेक्षित सहयोग प्राप्त हुन सक्छ । प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ । आर्थिक कारोबारमा अनावश्यक जोखिम मोल्नु उचित हुनेछैन । सकारात्मक वातावरण कायम राख्न सुगन्धित वस्तुको प्रयोग गर्नु लाभदायक मानिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मबल र पराक्रम बढ्नेछ । सुरु गरेका कामलाई निरन्तरता दिँदा सफलता प्राप्त गर्ने सम्भावना छ । शुभ समाचार सुन्न पाइने योग छ । पारिवारिक वातावरण पनि अनुकूल रहनेछ । हनुमानजीको स्मरण गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको व्यस्तता बढ्नेछ । पारिवारिक विषयमा समय दिनुपर्ने हुन सक्छ । कुनै विषयमा निर्णय लिन कठिनाइ भए पनि हतार नगरी धैर्यपूर्वक अघि बढ्नुहोला । व्यापार तथा रोजगारीको अवस्था सामान्य रहनेछ । पहेँलो फलफूल दान गर्नु शुभ मानिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभको सम्भावना बलियो देखिन्छ । मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा हुन सक्छ । परिवारसँग सम्बन्धित जिम्मेवारी भने थपिन सक्छ । श्रमजीवी तथा आवश्यकतामा रहेका व्यक्तिलाई भोजन वा आवश्यक सामाग्री सहयोग गर्नु शुभ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन तथा ज्ञान हासिल गर्ने क्षेत्रमा प्रगति हुनेछ । नयाँ सीप सिक्ने वा नयाँ विषय बुझ्ने अवसर मिल्न सक्छ । पारिवारिक विषयका कारण मनमा केही चिन्ता उत्पन्न हुन सक्छ । बोल्दा शब्द छनोटमा विशेष ध्यान दिनुहोला । कालो तिल दान गर्नु शुभ मानिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन समग्रमा सकारात्मक रहनेछ । आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ । प्रेम तथा पारिवारिक सम्बन्ध अझ आत्मीय बन्नेछन् । सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ । भगवान् विष्णुको ध्यान गरी दिनको सुरुवात गर्नु लाभदायक रहनेछ ।

तपाईको प्रतिक्रिया