काठमाडौं। भदौ १० को भोटेकोसी बाढीमा बेपत्ता भएपछि आफन्तले सास र लास माग्दा सत्तारुढ रास्वपा समर्थकबाट व्यक्त घृणास्पद अभिव्यक्रिमाथि प्रहरीले निगरानी बढाएको छ।

नेपाल प्रहरीले भोटेकोसीको बाढीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका १७३ वटा भ्रामक सूचना तथा अफवाहमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। समाजमा त्रास सिर्जना गर्ने, विभाजन ल्याउने तथा उत्तेजक अभिव्यक्ति दिने खालका सामग्रीमाथि प्रहरीले निगरानी बढाएको छ।

प्रहरीका अनुसार फेसबुकका १ सय ६८, टिकटकका ४ र इन्स्टाग्रामको १ वटा भ्रामक पोष्ट पहिचान गरी कारबाहीका लागि अघि बढाइएको छ। तीमध्ये फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको छ भने टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले जनाएको छ।

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएको थियो। बाढीपछि पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका भ्रामक सूचना, अफवाह तथा उत्तेजक सामग्री फैलिन थालेपछि प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी र कारबाही तीव्र बनाएको हो।

तपाईको प्रतिक्रिया