काठमाडौं। वृद्धवृद्धालाई मुखमा टेप लगाएर र हातखुट्टा बाँधेर चोरी गर्ने ५ जनाको गिरोह पक्राउ परेको छ।

भदौ १८ गते राती १२ बजेको रामेछाप खाँडादेवी गाउँपालिका वडा–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती वर्ष ८६ की कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकाबधारी ३ जनाको समूहले घरको ढोका फुटाई भित्र प्रवेश वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर लगाएको गरगहना तथा घरमा राखेको नगद लुटेर फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धान गर्दै जाँदा ती व्यक्तिका चोरी सामान तथा डाँका चोरीमा प्रयोग गरेका सवारी साधानसहित भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा–०२ बस्ने वर्ष २५ को सुमन जर्घा मगर रहेको पाइएको छ। उनी काठमाडौंको निजी विद्यालयको सवारी चालक हुन्। उनको साथबाट नगद २५ हजार पैसा, रेडमी कम्पनीको मोबाइल १ थान र बा ७३ प ८७१२ नंको रातो कालो रंगको २२० सीसीको मोटरसाइकल थान १ बरामद भएको छ।

त्यस्तै, अर्का व्यक्ति रामेछापको खाँडादेवी गापाउँपालिका–२ बस्ने वर्ष ३२को दीर्घराज मोक्तान रहेका छन्। उनी बसको सहचालकको रुपमा काम गर्ने पाइएको छ भने निजको साथबाट नगद ५२ हजार २ सय, नेपाली नागरिकता थान १, राहदानी थान १, एनएमबी बैंकको चेक थान १, ग्लोबल आइएमई बैंकको राजश्व तिरेको बिल थान १ र घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको छ।

रामेछापकै खाँडादेवी– २ मझुवा बस्ने वर्ष ३३ को पशुपति श्रेष्ठ रहेका छन्। उनीले काठमाडौंमा मोटरसाइकल इनड्राइभ गर्दै आएको प्रहरीले जनाएको छ।

उनको साथबाट बा७२प ५५८ नम्बरको मोटरसाइकल थान १, नगद ६ हजार ४ सय ६० रुपैयाँ, मोबाइल थान १, लक्ष्मी सनराइज बैकको खातामा १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको, शुभश्री बचत ऋण सहकारी संस्थाको बचत बुक थान १, चार्जर थान १, नेपाली नागरिकता थान १, बुद्धचित मालाको दाना २२ वटा, ढलौटको पानस टुकी थान १, पुराना सिक्का थान ५ र सुनजस्तो पहेँलो धातुको औठी थान १ बरामद गरिएको छ।

झापाको दमक नगर–७ बस्ने वर्ष ४४ का पिताम्बर गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले भक्तपुरमा सुनचाँदी व्यवसाय गर्ने पाइएको छ भने निजको साथबाट मोबाइल थान १ बरामद गरिएको छ।

यस्तै, धनकुटाको बेलाहारा नगर–५ बस्ने वर्ष ३८ का दीपक भन्ने गुणराज विश्वकर्माबाट सुनजस्तो पहेँलो धातुको रिङ थान २ बरामद गरिएको छ।

पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका –७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाई रकम चोरी गरेकोसमेत अनुसन्धानबाट पाइएको प्रहरीले बताएको छ।

गत असार १ गते रातीको समय रामेछापको खाँडादेवी गाउँपालिका–३ बस्ने सुन्दरी श्रेष्ठको अन्दाजी २८.३० केजीको एउटा खसी र भदौ ७ गते राती खाँडादेवीकै वडा–३ भिरपानी बस्ने रामबहादुर श्रेष्ठको गोठबाट १५ केजीको बोका चोरी घटनामा पशुपति समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया