खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक तराईसँग सिधा यातायातमा जोडियो
राजकुमार भट्टराई
खोटाङ, माघ २५ गते । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।
खोटाङको बराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक ब...









