बारामा तीन वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत फेला परेकी छिन्। जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित भक्तीटोलमा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्।
बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो । उक्त खाली रहेको घरमा बालिकाको शव नग्न अवस्थामा फेला परेको हुँदा बलात्कारपछि हत्या भएको आशंका गरिए...









