पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार: उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने
काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न गरिएको हो ।
त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको यस नहर प्रणालीबाट २८ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध ...









