विराटनगर । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पथरी जाँते ज्यामेरी सडकको अवरुद्ध भएको जाँतेदेखि ज्यामिरेसम्मको सडकखण्ड निर्माणका लागि पहल थाल्नु भएको छ ।
कोशी प्रदेश सरकारले ठेक्का आह्वान गरि पथरीदेखि जाँतेसम्मको खण्डमा सडक कालोपत्रे भएपनि जाँतेदेखि ज्यामिरेसम्मको खण्डमा काम रोकिएको अवस्थामा नगर प्रमुख लावतीले पूर्वाधार विकास कार्यालय विराटनगरमा पुगेर रोकिएको काम अघि बढाउन पहल थाल्नु भएको हो ।
उहाँले बजेट समेत सुनिश्चित भएको तथा सडक निर्माणमा कुनै अवरोध नभएको अवस्थामा किन काम अघि नबढेको भन्दै पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख खरानन्द इसरलाई प्रश्न गर्नुभयो ।
जवाफमा कार्यालय प्रमुख इसरले बजेट व्यवस्थापन भएपनि ठेकेदार सम्पर्क विहीन भएकाले काम हुन नसकेको बताउनुभयो । उहाँले अब के गर्ने भन्ने विषयमा ठेकेदारलाई बोलाएर त्रिपक्षिय छलफल गरेर अघि बढ्ने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया