काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीपत्र जिल्ला–जिल्लामा पठाउने तयारी थालेको छ । आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको आयोगले फोटोसहितको मतदाता नामावलीपत्र जिल्लामा पठाउन लागेको हो । जिल्लामा पठाएको फोटोसहितको नामावलीपत्र त्यहीँबाट हरेक मतदान केन्द्रहरूमा पठाइने आयोगले जनाएको छ । आयोगले जिल्लामा पठाउन फोटोसहितको मतदाता नामावलीपत्र प्याकिङ गर्ने कार्य गरिरहेको छ । यसपछि जिल्ला हुँदै मतदानस्थलमा पुग्नेछ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला सोही मतदाता नामावलीपत्रमा भएको फोटोको आधारमा मतदाताको पहिचान गरी मतदानमा सहभागी गराउने आयोगको तयारी छ ।

तपाईको प्रतिक्रिया