शोकले मालिकार्जुनबासीले मनाएनन् दीपावली

शोकले मालिकार्जुनबासीले मनाएनन् दीपावली
कञ्चनपुर, कार्तिक ३ गते । कञ्चनपुरका विपिन जोशीको शव घरमा ल्याइएको छ । सोमबार काठमाडौँ विमानस्थलबाट धनगढी हुँदै विपिनको शव घरमा पुगाइएको हो । तिहारको दोस्रो दिन दीप प्रज्ज्वलन गरेर मनाइँदै आए पनि विपिन जोशीको घर रहेको भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलमा भने स्थानीयहरूले दीपावली गरेनन् । स्थानीयहरूका घर सुनसान देखिएको छ । विपिनको मृत शरीर घरको आँगमनमा राखिएको छ । “झिलिमिली तिहार मनाउन मन थ...

विपिनको परिवारलाई दुई लाख सहयोग

विपिनको परिवारलाई दुई लाख सहयोग
अविनाश चौधरी धनगढी, कात्तिक ३ गते। हमासले हत्या गरेको कञ्चनपुरका विपिन जोशीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। २०८० असोज २३ गते बसेको मन्त्रीपरिषद् बैठकले हमास आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई जनही दुई÷दुई लाख रुपियाँ सहयोग दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मृतक जोशीको परिवारलाई पनि दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने मुख्यमन्त्री कमलबहादुर शाह...

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
काठमाडौँ । लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ । बढी बिजुली खपत गर्ने उद्...

सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर

सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर
भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशमा नेपाल प्रहरीका झण्डै १५ सय हतियार लुटपाट,आगजनीमा परेका छन् । तीमध्ये करिब एक सय नेपाल प्रहरीलाई सेनाले उपलब्ध गराएको हतियार भएको बताइन्छ । नेपाल प्रहरीले उक्त विध्वंशमा लुटिएका हतियारसहित अन्य विवरण संकलन गर्ने क्रममा हालसम्म एक हजार ४५२ हतियारको अवस्था अज्ञात रहेको बताएको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा दाखिला भएको वि...

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी
काठमाडौँ / तिहारको दाेस्राे दिन आज घरघरमा भक्तिभावका साथ कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाइँदै कुकुर तिहार मनाइँदैछ। यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्य...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागि होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम...

आज काग तिहार

आज काग तिहार
काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि सुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतवारलाई...

कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ : विजेता छान्न अन्तिम चरणमा

कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ : विजेता छान्न अन्तिम चरणमा
ईटहरी , कार्तिक २ गते । कोशी प्रदेशको ईटहरीमा जारी कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ अन्तिम चरणमा पुगेको छ। सन मुन मोशन पिक्चर्स को आयोजनामा तेस्रो संस्करणको रूपमा सम्पन्न प्रतियोगिताले प्रदेशभरिका प्रतिभालाई एउटै मञ्चमा उतारेको हो। प्रतियोगिताका संयोजक सञ्जय धमला र ओम तिलक ओलीका अनुसार विभिन्न जिल्लाबाट अडिसन प्रक्रियामार्फत छानिएका प्रतिभाहरु फाइनल चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकल...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०२ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०२ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार लगायत आर्थिक लाभ हुने क...

विराट मेडिकल कलेजका नर्सहरूको आन्दोलनले अस्पतालको सेवा प्रभावित

विराट मेडिकल कलेजका नर्सहरूको आन्दोलनले अस्पतालको सेवा प्रभावित
विराटनगरस्थित विराट टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै सुरु गरेको आन्दोलन चर्किंदै गएको छ। आन्दोलनका कारण अस्पतालले नयाँ बिरामी भर्ना लिन अस्थायी रूपमा रोक लगाएको छ। अस्पतालका सीईओ डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन्। तर नियमित नर्सहरू काममा नआएपछि सेवा सञ्चालनमा कठिनाइ आएको छ। अहिले मेडिकल कलेजका विद्यार्थी नर्सहरूलाई अस्थायी रूपम...