मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा पक्राउ प...









