मेष- पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ । आमाको सहयोगबाट काम बन्ने संकेत छ । केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । समुदायको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ । काममा केही अवरोध आउन सक्छ र लाभ अपेक्षाकृत कम रहनेछ ।
वृष- मेहनतको उचित प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन् र सम्मान पाइनेछ । जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ ।
मिथुन- उद्योग र व्यापारमा विशेष लाभ हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ । टाढाको यात्राको सम्भावना छ । सुखद समाचार प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र काममा सफलता मिल्नेछ । रचनात्मक काम सुरु गर्न उपयुक्त समय छ ।
कर्कट- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । केही समस्या देखिएपनि आम्दानी बढ्नेछ । व्यवसायिक यात्राको योग छ । दाम्पत्य जीवन सुखद रहनेछ । तर साझेदारीमा समस्या आउन सक्छ र पुराना सम्झौतामा विघ्न आउन सक्छ ।
सिंह- सोच विचार नगरी बचन दिने बानीले समस्या निम्त्याउन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । प्रियजनसँगको भेटले दिन रमाइलो बनाउनेछ । अध्ययन र व्यवसायमा प्रगति हुने संकेत छ ।
कन्या- मनमा केही डर भएपनि अवसरहरू प्राप्त भइरहनेछन् । बोलीको प्रभाव बढ्नेछ । सही समयमा सही निर्णय लिन सकिनेछ । पहिले असफल देखिएको कामबाट पनि उत्साह मिल्नेछ । परिवारसँग सम्बन्ध सुदृढ हुनेछ ।
तुला- कार्य सम्पादन क्षमता बढ्नेछ । केही अवसर गुम्न सक्ने भएकाले सतर्क रहनुहोला। सहयोगीमार्फत लाभ लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु आवश्यक छ । विगतका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक- स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रता सुदृढ हुनेछ । तर आफ्ना विषयमा अरूले हस्तक्षेप गर्न सक्छन् । सरकारी झन्झटमा पर्न सकिने सम्भावना छ । अध्ययनमा ध्यान दिनु आवश्यक छ।
धनु- परिस्थिति केही प्रतिकूल देखिए पनि अरूका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ । काम बिग्रने चिन्ता रहिरहनेछ। ठगी वा चोरीबाट सावधान रहनुहोला। आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनु आवश्यक छ । परिवारजनसँग भेटघाट हुने सम्भावना छ।
मकर- दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने समय छ । तार्किक क्षमता बढ्नेछ । सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । लगनशीलताले सफलता दिलाउनेछ । खर्च बढ्ने सम्भावना छ र पुराना समस्या दोहोरिन सक्छन्।
कुम्भ- परम्परामा समय अनुसार परिवर्तन ल्याउन सकिनेछ । साथ दिने व्यक्तिहरू बढ्नेछन्। मान सम्मान प्राप्त हुनेछ । भाग्यले अप्रत्याशित फाइदा दिलाउन सक्छ । योजनाहरू गोप्य राख्नु उपयुक्त हुनेछ।
मीन- प्रयास गरेका कामहरू छिट्टै सम्पन्न हुनेछन् । इच्छा शक्ति बढ्नेछ र रचनात्मक कार्य सुरु गर्न सकिनेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि आत्मबलले काम अघि बढाउन सकिनेछ । लेनदेनमा विवाद आउन सक्छ, सतर्क रहनुहोला।





