विराटनगर । हावाहुरी तथा आगलागीबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१६ दरैया चोकमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

स्थानीय समुदायको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा विपद् व्यवस्थापन, आगलागीबाट जोगिने उपाय, तथा हावाहुरीका बेला अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो। कार्यक्रममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले आगलागी नियन्त्रणका प्रारम्भिक उपाय, आपतकालीन अवस्थाको व्यवस्थापन र सुरक्षित रहने तरिकाबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूलाई जोखिमपूर्ण अवस्थाबाट जोगिन पूर्वतयारी, सुरक्षित संरचना निर्माण तथा आपतकालीन सम्पर्क संयन्त्रको प्रयोगबारे पनि सचेत गराइएको थियो।

यस प्रकारका सचेतनामूलक कार्यक्रमले समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया