काठमाडौं। इजयरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकी देशमा ड्रोन र मिसाइल आक्रमण गरेसँगै खाडी मुलुकको रोजगारमा रहेका नेपाली पनि प्रत्यक्ष प्रभावित भएका छन्।

खाडी मुलुकमा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताका लागि सरकारी वेब पोर्टलमा दर्ता गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। ६ हजार युद्धका कारण असुरक्षित रहेको बताएको उनको भनाइ छ।

अमेरिका र इजरायलले गत फागुन १६ गते इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ। इरानले इजरायल, छिमेकका साउदी, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, टर्कीलगायत देशमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण गरेसँगै त्यहाँ कार्यरत नेपाली प्रभावित बनेका हुन्।

पश्चिम एसियामा युद्ध चर्केपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले वेब पोर्टल बनाएर सहायता र उद्धार चाहनेलाई आफ्नो नाम दर्ता गर्न भनेको थियो। सोही पोर्टलमा ८२ हजार १०० ले आफ्नो नाम दर्ता गरेका हुन्। खाडीमा १७ लाख २९ हजार बढी नेपाली कार्यरत छन्।

तपाईको प्रतिक्रिया