कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध रु ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारबराबरको कुल बजेटमध्ये रु २० अर्ब ५७ करोड १२ लाख आठ हजार ३७८ कार्यान्वयनमा आएको छ। बाँकी रु १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ खर्च नहुँदा राज्यको मूलखातामा आएको छ।
तथ्याङ्कअनुसार चालुतर्फ रु १२ अर्...









