इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो

इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो
पर्यटकीय सिजन सुरु भएपछि इलामका प्रमुख गन्तव्य अन्तु र कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र भएको छ। गत असोज १८ गतेको बाढीपहिरोपछि केही समय सुनसान भएका यी क्षेत्रहरू अहिले फेरि पर्यटकले भरिन थालेका हुन्। बाढीपहिरोले क्षति पु–याएका सडक र संरचना मर्मत तथा पुनर्निर्माण भएपछि पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनका अनुसार, जेनजी आन्दोलन र बा...

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न
महोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा बनाइएको चोखो प्रसाद चढाएर खरना ...

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु
दमक - सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । बालक खेलेको ठाउँ नजिकै ग...

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने
रंगेली, कार्तिक ७ । विराटनगर रानी–रंगेली ३३ के.भी. फिडर अन्तर्गत पर्ने आमतोला क्षेत्रमा मर्मत तथा पोल परिवर्तन कार्यका कारण शनिबार रंगेली विद्युत केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका अनुसार शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार घण्टाका लागि सम्पूर्ण विद्युत आपूर्ति रोकिनेछ। प्राधिकरणले उक्त समयावधिमा ३३ के.भी. लाईनमा...

जहदा महोत्सव झडपपछि स्थगित, एक गम्भीर घाइते

जहदा महोत्सव झडपपछि स्थगित, एक गम्भीर घाइते
विराटनगर, कात्तिक ५ मोरङको जहदा–४ रामचोकमा सञ्चालनमा रहेको प्रथम जहदा महोत्सवमा बुधबार राति झडप भएपछि स्थानीय प्रशासनले महोत्सव स्थगित गरेको छ। आयोजकहरूबीच मध्यराति करिब १ बजे विवाद भई कुटाकुट हुँदा कटहरी–४ निवासी ३५ वर्षीय अनिलकुमार सहनी गम्भीर घाइते भएका छन्। कोशी अस्पताल विराटनगरका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ। सुरक्षा निकायले यसअघि असोज २६ मा लेटाङ महोत्सवमा भएको झगडा, जुवा र म...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी रुट तोकियो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी रुट तोकियो
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ। वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो। निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो...

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम...

पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल
भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ । कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडि...

तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
काठमाडौँ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएक...

क्षयरोग नियन्त्रणका लागि सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य छ : कोशी स्वास्थ्यमन्त्री

क्षयरोग नियन्त्रणका लागि सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य छ : कोशी स्वास्थ्यमन्त्री
काठमाडौं । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५औं जिल्ला सभाको विराटनगरमा उद्घाटन गर्दै मन्त्री राईले क्षयरोगका कारण प्रत्येक वर्ष बिरामी र मृतकको संख्या उच्च रहेकाले सबै पक्ष यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले सरकारले सन् ...