काठमाडौं। प्रहरीले असोज २२ मा बूढानीलकण्ठ नगरपालिकाबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ।

म्याद लिएर अनुसन्धान गर्न भन्सार कार्यालयलाई सुन हस्तान्तरण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका हुन्।

सुनसहित पक्राउ परेका ३ जना चिनियाँमाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु भइरहेको उनले जानकारी दिए। सुनको ‘नेक्सस’ बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले असोज २२ मा बिहान सुन बरामद गरेको थियो। सुनसहित चिनियाँ नागरिक २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया