कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने

कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने
काठमाडौँ, साउन २८ गते । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ । नियामक धितोपत्र बोर्डले बुधबार सार्वजनिक गरेको प्राथमिक पुँजी बजार सुधार नीति, २०८३ ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्यसहित बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने रणनीति लिएको हो । यसको...

१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं। विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ बचतकर्ताले रकम फिर्ता पाएका छन्। बाँकी ९ सहकारी संस्थाका २३ बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्रा...

सुन तोलाको तीन लाख नाघ्यो

सुन तोलाको तीन लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँद...

देशभर ९६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

देशभर ९६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत
काठमाडौँ । देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो । देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रदेशगत रूपमा हेर्दा ...

ग्यासको आयात बढ्दै, हट्दै अभाव

ग्यासको आयात बढ्दै, हट्दै अभाव
काठमाडौं। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ। गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ। निगमको एलपी ...

आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै

आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै
काठमाडौँ । समुद्रमा स्वतन्त्र रूपमा घुम्ने सार्क अब समुद्री जीवको अध्ययनका लागि मात्र नभई शक्तिशाली आँधीको पूर्वानुमान सुधार्न पनि उपयोगी हुन सक्ने देखिएको छ । अमेरिकाको डेलावेयर विश्वविद्यालयका वैज्ञानिकहरूले सार्कको शरीरमा साना विद्युतीय उपकरण जडान गरेर समुद्रको तापक्रम, गहिराइ र पानीको लवणतासम्बन्धी तथ्याङ्क संकलन गर्ने परीक्षण गरिरहेका छन् । यी तथ्याङ्कले अमेरिकाको पूर्वी तटतर्फ आउने आँधीको...

देशभरका दर्जनौँ सडक अवरुद्ध

देशभरका दर्जनौँ सडक अवरुद्ध
काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवतजावत प्रभावित भएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सि...

उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस

उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, न्याया...

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने
चन्द्र पन्दाक ताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरि...

सामाजिक सञ्जालको माया व्यापारमा रूपान्तरण, जमजम ब्रदर्सको शाखा खुल्याे नेपालमा

सामाजिक सञ्जालको माया व्यापारमा रूपान्तरण,  जमजम ब्रदर्सको शाखा खुल्याे नेपालमा
काठमाडौं । सामाजिक सञ्जालमा "जमजम ब्रदर्स" का नामले लाखौं फलोअर्स कमाएका दुबईका पाकिस्तानी मूलका दाजुभाइ अब्दुल गफुर (बडे भाइ) र मोहम्मद शकुर (छोटे भाइ) अहिले आफ्नो अनलाइन लोकप्रियतालाई प्रत्यक्ष व्यापारमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् । दुई वर्षअघिदेखि नेपाली दर्शकको उल्लेखनीय माया पाइरहेका यी दुई भाइले त्यही सम्बन्धलाई टेवा बनाई आफ्नो पर्फ्युम ब्रान्ड "जमजम पर्फ्युम्स" लाई सिधै नेपाली बजार...