पुनर्निर्माणका लागि अध्ययन सुरु
काठमाडौँ, असोज ५ गते । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको छ ।
आगजनीबाट भवनमा पुगेको क्षति, भवनका भित्ता, छतलगायतका संरचनाको अवस्था, तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ या सकिन्न भन्नेबारे यकिन गर्न ‘¥यापिड भिजुअल एसिसमेन्ट’ सुरु गरिएको सिंहदरबार सङ...









