अवैध सामान बेच्ने ५३ फर्ममा अनुगमन, सुधार गर्न निर्देशन
काठमाडौं। बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ।
कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठूलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो।
यसै क्रममा विभागले काठमाडौं महानगर १ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेक...









