काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ।
यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजनपछि नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले मंगलबार मञ्जुश्रीको ५ प्रतिशत र बरुणको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि मञ्जुश्रीको सेयर मूल्य ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ भने बरुणको सेयर मूल्य ३२३ रुपैयाँ ५३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन दोस्रो बजारमा मञ्जुश्रीको सेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा र बरुणको सेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। सोही मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीको सेयर कारोबार हुनेछ।





