गण्डकीमा एचआईभी संक्रमित तीन हजार नाघे, आधाभन्दा बढी कास्कीमा
पोखरा / गण्डकी प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको जानकारी सोमबार पोखरामा आयोजित एचआईभी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा दिइएको छ।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका अनुसार संक्रमितमध्ये १ हजार ६ सय १९ पुरुष, १ हजार ५ सय ४१ महिला तथा ११ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायक...









