काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ।
तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन्। शिविरको क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ। केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी पनि निशुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ।
पहिलो चरणमा काभ्रेपाल्चोकको नवबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना,सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना विरामी लाभान्वित भएका छन्। त्यस्तै गरी साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीम सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन्।
गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ।त्यस्तै दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट एक सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ।
जसमा काठमाडौ महानगर १८ नरदेविमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना,भक्तपुरमा भएकोमा १५ जना र मैतिदेविमा भएको शिविरमा १२ जना गरी एक सय आठ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ। त्यसैगरी तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने ७५ जना विरामी लाभान्वित भएका छन्। जसमा ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका छन्।







