तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ।
तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन्। शिविरको क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ। केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी पनि निश...









