विराटनगर/ मोरङको विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गा खाली गर्न निर्देशन दिएको छ । अस्पतालले जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको हो ।
अस्पतालको ११, १२, १५, २२, २३ र २६ कित्ता नम्बरको जग्गामा व्यक्ति र विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरेका छन् । नापी कार्यालयले जेठ २९ गते रेखाङ्कन गरेर अस्पतालको जग्गा छुट्याएको छ । अस्पतालले सूचना जारी गर्दै तोकिएको समयभित्र जग्गा खाली नगरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
‘विभिन्न व्यक्ति तथा संस्थाहरुले स्थायी संरचना स्थापना गरी अतिक्रमण गरेको देखिएकोले आजको मितिले १५ दिनभित्र अतिक्रमित जग्गा खाली गरिदिनुहुन सम्बन्धित सबै सरोकारवालाहरुलाई सूचित गरिन्छ । अन्यथा प्रचलित कानुनबमोजिम हुने व्यहोरा जानकारी गरिन्छ’,सूचनामा उल्लेख छ ।







