अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाबारे गलत हल्ला फैलिएपछि अस्पतालले त्यसको पनि खण्डन गरेको छ। ‘सामाजिक सञ्जालमा आएका कुराहरू फेक न्युज हुन्, उहाँ जिवित हुनहुन्छ, भे...









