काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताउँदै कानुनी लडाइँ लड्ने बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

उनले पक्राउअघि वकिलहरूसँग परामर्श गरेका थिए। उनलाई पक्राउ गर्न प्रहरी उनको निवास गुण्डु पुगेपछि पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई गुण्डु पुगेका थिए।

स्रोतका अनुसार उनले वकिलहरूलाई कानुनी लडाइँ लड्न तयारीका लागि भनेका थिए।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको छ।

प्रहरीले जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकलाई पनि शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया