काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको बताएका छन्।

शनिबार एकाबिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने उनको भनाइ छ।

पूर्वगृह तथा उपप्रधानमन्त्री भइसकेका नेता थापाले सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुने बताएका छन्।

उनले सामाजिका सञ्जालमा लेखेका छन्– ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।’

तपाईको प्रतिक्रिया