मनिषा गिरीको अभिनयमा ‘गाउँमा बारी छ’ सार्वजनिक
लोक–गायनको आधुनिक स्वाद प्रस्तुत गर्ने नयाँ सिर्जना ‘गाउँमा बारी छ’ हालै सार्वजनिक गरिएको छ। गीतमा अभिनेत्री मनिषा गिरीको आकर्षक प्रस्तुति र स्वाभाविक अभिनयले दर्शक–श्रोताको ध्यान खिचेको छ।
यस गीतमा सीडी विजया अधिकारी र सिमरन परियारको स्वर रहेको छ। गीतका शब्द नवराज भुमरी आचार्य र सीडी विजया अधिकारीले लेखेका हुन् भने संगीत संयोजन पनि अधिकारीकै रहेको छ। गीतको एरेन्ज, मिक्स तथा मास्टर अनुभवी संगीत...









