नयाँ नेपाली गीत सार्वजनिक गरिएको छ, जसमा स्वर गोपाल तिमल्सिना र देवी घर्ती मगरले दिएका छन्। गीतका शब्द दीपक चालिसे ‘सफल’ले लेखेका हुन् भने संगीत पनि स्वयं गोपाल तिमल्सिनाले तयार पारेका छन्। उक्त गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक रहेको छ। भिडियोको निर्देशन गोपाल तिमल्सिनाले गरेका छन् भने सम्पादन राजेश कुमारले गरेका हुन्। यसैगरी, क्यामेरामा सागर गौतमको काम देख्न सकिन्छ।

भिडियोमा कलाकारका रूपमा गोपाल तिमल्सिना र खुसी काली चालिसेले अभिनय गरेका छन्। गीत तथा भिडियो दुवै पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

नयाँ गीतले नेपाली संगीत क्षेत्रमा थप ऊर्जा र विविधता ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया