विराटनगर /
उदयपुर आईडल विजेता गायिका रविना राईको स्वरमा रहेको नयाँ नेपाली गीत “माया छ राजै” सार्वजनिक भएको छ । सार्वजनिक गीतले प्रेम, सम्झना र भावनात्मक सम्बन्धलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

गीतका शब्द जीतन मुखरक्षा ले लेखेका हुन् भने संगीत डि. आर अटु दिएका छन् । राजु कार्कीले गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङक गरेका छन ।गीतमा प्रणेश राईले छायाँकन तथा सम्पादन गरेका छन । गीतका शब्दहरूमा प्रेमको गहिराइ, प्रियजनप्रतिको समर्पण र बिछोडको पीडालाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ ।“मुस्कान भरी माया”, “सागर जस्तै बग्ने भावना” जस्ता अभिव्यक्तिहरूले गीतलाई अझ भावुक बनाएका छन्। गीतमा प्रेमी–प्रेमिकाबीचको मिठास, सम्झना र कहिल्यै नमेटिने माया झल्किएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया