अमेरिकाको न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले गरे गायक बिजय लामालाई सम्मान
काठमाडौँ । गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटिमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् । भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु नखानु पानी तोङ्बाको, भोली फर्कि आउँछु आउँदिन, खासा बजार, लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सैयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृ...









