घाइते र मृतकका परिवारका इच्छुक सदस्यलाई वैदेशिक रोजगारी निःशुल्क गर्ने पहल
काठमाडौँ, पुस ५ गते । सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण गर्ने गरी गृहकार्य सुरु गरेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते र मृत्यु भएका परिवारका कोही सदस्य वैदेशिक रोजगारीमा जान चाहनेलाई विदेश पठाउन सहजीकरण गर्ने जनाएको हो ।
श्रम मन्त्रालयका प्र...









