कोशी प्रदेशमा संघीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतका चारवटा आयोजनाहरु सञ्चालन
विराटनगर, १४ भदौ । नदी नियन्त्रण, पहिरो रोकथाम, सिँचाइ तथा जलश्रोतका कार्यक्रमलाई रेखदेख र व्यवस्थापन गर्ने उद्देश्यले कोशी प्रदेशमा सङ्घीय सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका चारवटा आयोजनाहरु सञ्चालनमा आएका छन् ।
कोशी प्रदेश अन्तर्गतका जिल्ला भित्रका ठूला नदीहरुको नियन्त्रण, ठूला पहिरोहरुको रोकथाम, सिँचाइ, सहित सिंचाईको रेखदेख, आधुनिक प्रविधिमा आधारित लिफ्ट सिँचाइ, परम्परागत ...









