काठमाडौं। भोटेकोसीमा अकस्मात बाढी आएपछिको विपत्तिका कारण ठूलो जनधनको क्षति पुगेको छ। अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत ८ कर्मचारीलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ भने १५ जना अझै सम्पर्कविहीन छन्।

नासु धर्मराज शाही र तिलक पराजुलीलाई घाइते अवस्थामा काठमाडौं ल्याइएको छ। उनीहरुको अहिले नर्भिक अस्पतालको आकस्मिक कक्षामा उपचार जारी छ। उनीहरु दुवैलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अस्पतालमा भेट गरेर स्वास्थ्य अवस्थाबारे बुझेका छन्।

उनीहरुसँगै उद्धार भएर आएका धनबहादुर थापा मगर (हाइड्रोपावरका कर्मचारी) लाई पनि भेटेर अर्थमन्त्रीले स्वास्थ्यलाभको कामना गरेका छन्। यस्तै, ८ जना कर्मचारी (रसुवागढी भन्सार प्रमुख ) हवाई उद्धारमार्फत काठमाडौं आइपुगेका छन्।

उनीहरु भन्सार विभाग आइपुगेका छ र अर्थमन्त्रीले भेटेर घटना विवरण लिएका छन्। रसुवागढीमा रहेका थप ८ जना भन्सार कर्मचारीको उद्धार प्रयास जारी छ। उनीहरु अर्थ मन्त्रालय र भन्सार प्रशासनसँग सम्पर्कमा छन्।

हालसम्मको विवरण अनुसार रसुवागढी भन्सारका १५ जना कर्मचारी सम्पर्क बाहिर रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया