आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना
काठमाडौँ- बडादसैँ पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना तथा कोजाग्रत व्रतसहित आज सम्पन्न हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सायंकाल महालक्ष्मीको विशेष पूजा–आराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ।
यसै दिनदेखि १५ दिन लामो दशैँ पर्व औपचारिक रूपमा समाप्त हुने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज अखिल बलिपूर्ति गर्ने दिन पनि भएकाले वि...








