काठमाडौं । रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ । उद्धार टोलीले उनीहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ ।
यसैबीच, सुरुङभित्र अर्का एक जना व्यक्ति पनि जीवित रहेको सूचना प्राप्त भएको न्यौपानेले बताएका छन् । उद्धार टोलीले सुरुङभित्र थप खोजी गरिरहेको छ ।





