काठमाडौं। आईसीटीसी ग्रुपले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सहप्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

ग्रुपले बाढीमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया