टर्कीमा फेला परयो पानी मुनि बसेको बिशाल सहरको संरचना
अंकारा, १६ साउन । पानी मुनिको नयाँ संसारले वैज्ञानिकहरूलाई पुनः आश्चर्यचकित पारेको छ।
यो आश्चर्य दक्षिण पूर्वी टर्कीस्थित डिकले बाँधको जलाशयमुनि गरिएको एक नयाँ खोजबाट उत्पन्न भएको हो।
शताब्दीयौं पुरानो पानीजहाजको भग्नावशेषको सट्टा विशेषज्ञहरूले २४०० वर्ष पुरानो एउटा प्राचीन सहरको अवशेष फेला पारेका छन्। उक्त सहरका धेरै संरचनाहरू निकै राम्रो अवस्थामा सुरक्षित रहनुले विशेषज्ञहरूलाई चकित...









