मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास र उत्साह बढ्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिनुका साथै नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ । व्यापार तथा रोजगारीमा सकारात्मक परिवर्तनको सम्भावना छ । आर्थिक अवस्था सुधारोन्मुख भए पनि अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ । परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम पूरा गर्न सहज हुनेछ । दिनको सुरुवात सप्तऋषिको स्मरणबाट गर्नु शुभ रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईंको मेहनतले अपेक्षित परिणाम दिलाउनेछ । व्यापारमा नयाँ सम्पर्क विस्तार हुने र पुराना कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । आर्थिक गतिविधि सकारात्मक रहनेछ । परिवारमा आपसी समझदारी र खुसीको वातावरण बन्नेछ । कुनै नयाँ काम थाल्नुअघि ज्येष्ठ व्यक्तिको आशीर्वाद लिनु लाभदायक हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना बनाउन र महत्त्वपूर्ण निर्णय लिन आजको दिन अनुकूल छ । कार्य क्षेत्रमा तपाईंको क्षमता र सिर्जनशीलताको प्रशंसा हुन सक्छ । आर्थिक कारोबारमा कागजात तथा हिसाबकिताबप्रति विशेष सावधानी अपनाउनुहोला । साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ । अध्ययन, अनुसन्धान तथा नयाँ विषय सिक्ने कार्यमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक सम्बन्ध अझ आत्मीय बन्नेछ । व्यवसायमा नयाँ अवसर देखिनुका साथै लामो समयदेखि रोकिएको काम अघि बढ्ने सम्भावना छ । आर्थिक लाभको अवसर प्राप्त भएपनि ठूलो लगानी गर्नुअघि पर्याप्त विचार गर्नुहोला । आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको नेतृत्व क्षमता प्रभावकारी रूपमा प्रयोग हुनेछ । कार्य क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ । आर्थिक पक्षबाट उत्साहजनक समाचार प्राप्त हुन सक्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ । महत्त्वपूर्ण निर्णय लिँदा भावनाभन्दा व्यवहारिकतालाई प्राथमिकता दिनु राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंको सोच्ने र निर्णय गर्ने क्षमता बलियो रहनेछ । काममा एकाग्रता बढ्ने भएकाले जिम्मेवारीहरू समयमै पूरा गर्न सकिनेछ । आर्थिक अवस्थामा सुधार आउने संकेत छ । विद्यार्थीका लागि अध्ययन, सीप विकास तथा नयाँ कुरा सिक्न अनुकूल समय रहनेछ । आध्यात्मिक गतिविधि वा सकारात्मक वातावरणले मनोबल थप बलियो बनाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक तथा पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ । व्यापारमा नयाँ अवसर प्राप्त हुनुका साथै प्रभावशाली व्यक्तिसँग भेटघाट हुन सक्छ । आर्थिक लाभको सम्भावना रहे पनि साझेदारीका विषयमा स्पष्ट समझदारी कायम गर्नु आवश्यक छ । प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ । धार्मिक कार्यमा सहभागी हुँदा दिन थप सकारात्मक बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम पूरा हुनुका साथै नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ । आर्थिक लाभका नयाँ बाटा खुल्ने सम्भावना छ । आफ्नो योजना र व्यक्तिगत विषय अनावश्यक रूपमा अरूसँग साझा नगर्नुहोला । आफन्त तथा साथीभाइको सहयोगले काममा सहजता आउनेछ । ध्यान, जप वा आध्यात्मिक गतिविधिमा समय दिनु लाभदायक हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज नयाँ अवसरले उत्साह बढाउनेछ । व्यवसाय तथा रोजगारीमा सकारात्मक परिवर्तनको संकेत देखिन्छ । टाढाको स्थानबाट महत्त्वपूर्ण समाचार प्राप्त हुन सक्छ । अध्ययन, अध्यापन तथा अनुसन्धानमा राम्रो सफलता मिल्ने सम्भावना छ । अनुभवी व्यक्तिको सुझावलाई आत्मसात् गर्दै अघि बढ्दा लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी बढेपनि कामलाई योजनाबद्ध ढंगले अघि बढाउन सकिनेछ । व्यवसायमा देखिएको पुरानो समस्या समाधानतर्फ जानेछ। आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । परिवारका सदस्यबाट तपाईंको निर्णयमा साथ र समर्थन मिल्नेछ । दान, सेवा वा धार्मिक कार्यमा सहभागी हुँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सामाजिक तथा पारिवारिक क्षेत्रमा प्रभाव बढ्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । आर्थिक अवस्था सुधारोन्मुख भए पनि हतारमा जोखिमपूर्ण निर्णय नगर्नुहोला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ । सेवामूलक वा धार्मिक गतिविधिमा सहभागी हुँदा दिन अझ फलदायी बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मनमा सकारात्मक ऊर्जा र नयाँ उत्साहको विकास हुनेछ । व्यवसाय तथा रोजगारीमा गरेको प्रयासले राम्रो परिणाम दिनेछ । आर्थिक लाभका अवसर प्राप्त भएपनि भविष्यको आवश्यकतालाई ध्यानमा राखेर खर्च व्यवस्थापन गर्नुहोला । परिवारसँगको सम्बन्धमा प्रेम र आत्मीयता बढ्नेछ । जप, ध्यान तथा ऋषि मुनिको स्मरणमा समय बिताउँदा मानसिक शान्ति र सकारात्मक सोच विकास हुनेछ ।





