विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय , प्रमुख कार्यक्षेत्र , बीमाका प्रकार , बजारको अवस्था , बीमा प्रवद्र्धनका लागी गरिएको प्रयास र पत्रकार सगँ प्राधिरणको अपेक्षा लगायतको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारहरुले तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी बीमा सम्बन्धी गतिविधीलाई आम नागरिक माझमा पुयाँउनको लागी आग्रह गर्नुभयो । उहाँले बीमा सम्बन्धी सही र विश्वसनीय सूचना सर्वसाधारणसम्म पु¥याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । समाचार तयार गर्दा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्ने, तथ्यांकको स्रोत र अवधि स्पष्ट उल्लेख गर्ने तथा दाबी, आरोप, प्रतिक्रिया र वास्तविक तथ्यलाई छुट्टाछुट्टै प्रस्तुत गर्नुपर्ने धारण राख्नुभयो । उहाँले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणले बिमितकै हितलाई ध्यान दिएर काम गरिरहेको जानकारी दिनुभयो । आवश्यक सम्पूर्ण कागजात पुरा गरेर बीमा दावी भुक्तानी लिन जाँदा झन्झट बेहोर्नु नपर्ने भन्दै उहाँले केही समस्या भएमा समाधानका लागि प्राधिकरण तयार रहेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण हो । प्राधिकरणले बीमा क्षेत्रका समस्या समाधानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा सो अन्तक्रिया कार्यक्रममा बताउनुभयो । सहभागीहरुले बीमा सम्बन्धी खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्नुपर्ने र आवश्यक मात्रामा बीमा का विषयमा जनचेतना मूलक सूचना सम्प्रेषण गनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का ले बीमा क्षेत्रका विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सहयोग र सहकार्य गर्न सञ्चार क्षेत्र तयार रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बीमा प्राधिकरण लगायतले बीमाको पहुँच विस्तार र यसको प्रभावकारिताबारे धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिरणका सहायक प्रथम मिलन पोखरेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया