सुनचाँदी पसलमा गोली प्रहार गर्ने कारागारबाट फरार कैदी पक्राउ
घोराही, पुस ४ गते। दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी फरार रहेका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी रहेको खुलेको छ । प्रहरीले उक्त गोली प्रहार घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो ।
लुटपाट गर्ने उद्देश्यले सुनचाँदी पसलमा गोली प्रहार गरेर फरार रहेका केसीलाई शुक्रबार राजपुर गाउँपालिकाबाट पक्राउ...









