मेयर कोइराला र इजरायली राजदूत बासबीच भेटवार्ता
विराटनगर / नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटघाट तथा छलफल भएको छ ।
उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा मेयर कोइराला र राजदूत बासबीच दुई देशबीचको सम्बन्ध, हमासको कब्जामा रहेका नेपाली युवा विपीन जोशीको रिहाई, सूचना प्रविधि र कृषिमा नेपाली युवालाई इजरायलमा रोजगारीको अवसरलगायतका विषयमा छलफल भए...









