काठमाडौं। इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि सम्झौता भएको छ। सम्झौता नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक वित्तीय प्रविधि पूर्वाधार निर्माणतर्फको अर्को महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ।
रणनीतिक साझेदारीले रिलायन्स फाइनान्सको डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउनेछ। इन्फोडेभलपर्सद्वारा विकसित पुमोरी नेक्स्टजेन’ एक आधुनिक, वेबमा आधारित तथा पूर्ण रूपमा ब्एक्ष्– ष्लतभनचबतभम कोर बैंकिङ प्लेटफर्म हो, जसले प्रभावकारी, विस्तारयोग्य र सुरक्षित बैंकिङ सञ्चालनलाई सुनिश्चित गर्दछ।
यसको एपीआई आधारित संरचनाले डिजिटल बैंकिङ च्यानलहरू, तेस्रोपक्षीय एप्लिकेसन, भुक्तानी प्रणाली तथा अन्य इन्टरप्राइज प्रणालीसँग सहज एकीकरण सम्भव बनाउँछ, जसले रिलायन्स फाइनान्सलाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार बनाउने कम्पनीको भनाइ छ।
सहकार्यमार्फत इन्फोडेभलपर्सले रिलायन्स फाइनान्सको कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्न सहयोग गर्नेछ, जसबाट संस्थाले छिटो, सुरक्षित तथा ग्राहक केन्द्रित वित्तीय सेवा प्रवाह गर्न सक्नेछ।





