राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो

राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो
लमही , १५ मंसिर। दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततःसमाधान भएको छ। गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य ...

विभागले भन्यो: टेन्डर अविलम्ब खोल्नु

विभागले भन्यो: टेन्डर अविलम्ब खोल्नु
बुटवल , १६ मङ्सिर । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गतेको पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडी बढाउन र अदालतको फैसला कार्यान्वयन गर्नको लागि न...

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाको यात्राको व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान...

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष
विराटनगर / प्रविधिको दुरुपयोगका कारण लैंगिक हिंसा र उत्पीडनका नयाँ आयामहरू थपिँदै गएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरूले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गैरसरकारी महासंघ मोरङको समन्वय तथ जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले प्रविधिको दुरुपयोगले समाजमा उत्पीडनसँगै हिंसाका घटनाहरू...

साहित्यिक अक्षयकोष स्थापना गर्न एक रुपियाँ अभियान

साहित्यिक अक्षयकोष स्थापना गर्न एक रुपियाँ अभियान
उर्लाबारी, मङ्सिर १५ गते । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभिय...

‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन चिकित्सक सङ्घको माग

‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन चिकित्सक सङ्घको माग
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ । सङ्घले सोमबार जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर...

फिलिपिन्समा भ्रष्टाचार काण्डमा राष्ट्रपतिकाे राजीनामा माग गर्दै ठूलाे प्रदर्शन

फिलिपिन्समा भ्रष्टाचार काण्डमा राष्ट्रपतिकाे राजीनामा माग गर्दै ठूलाे प्रदर्शन
फिलिपिन्समा बाढी नियन्त्रण पूर्वाधारमा सरकारी खर्चसँग जोडिएको भ्रष्टाचार काण्डलाई लिएर राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको राजीनामा माग गर्दै राजधानी मनिलामा ठूलो प्रदर्शन भएको छ । किलुसाङ बयान कोन्ट्रा–कुराकोट वा भ्रष्टाचारविरुद्धको जनआन्दोलन (केबीकेके) ले आयोजना गरेको र्‍यालीमा १०औं हजार प्रदर्शनकारी सहभागी भएका समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति जुनियरले पूर्वाधार परियोजनाहरूबा...

परिवारको सम्झानामा थक्लुङ परिवारद्वारा सिलाम साक्मा निर्माण

परिवारको सम्झानामा थक्लुङ परिवारद्वारा सिलाम साक्मा निर्माण
उर्लाबारी । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाईएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उहाँको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाईदिनुभएको हो । किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई एक कार्यक्रमका सिलाम साक्माको अनावरण गरि थक्लुङ परिवारले हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै छोरा सुमन थक्लुङ...

जनकपुरका गेस्टहाउसमा यौनजन्य गतिविधि बढ्याे

जनकपुरका गेस्टहाउसमा यौनजन्य गतिविधि बढ्याे
जनकपुर । जनकपुरका गेस्टहाउसमा अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।स्थानीयले अनैतिक क्रियाकलाप गराउने गेस्टहाउस तथा होटललाई कानुनी कारबाही गर्न माग गरेका छन् ।जनक नगर सोसाईटी पिराडीले यौनजन्य क्रियाकलाप विरुद्ध जनचेतना अभियान सुरु गरेको हो । जनकपुरको पिराडीचोकस्थित केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) भइरहेको स्थानीयको आरोप छ ।देह व्यापारले...

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय
धरान । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आइरहेकी छन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आइरहेकी छन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै...