प्यूठानको माडी खोलामा पाँच जनाको शव भेटियो, रोल्पा पहिरोमा बेपत्ताको हुन सक्ने अनुमान
काठमाडौं। प्यूठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव फेला परेका छन्।
प्यूठान प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गए राती पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाको हुन सक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरो गएको घटना नभएकाले माथिल्लो क्ष...









