झापामा भन्सार छलेर ल्याइएको ४१७ किलो माछा प्रहरीद्धारा नष्ट
इटहरी । झापाको कन्काई नगरपालिका–३ मा भन्सार छलि र क्वारेन्टाइन प्रक्रियाबिनै अबैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
आज (आईतबार) अन्दाजी ११:२० बजे सव–डिभिजन वन कार्यालय नजिकैको बाटो छेउमा छाडिएको अवस्थामा ठूलो परिमाणको माछा भेटिएको हो। इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा माछा फेला पारेको जिल्ला प्रहरीले जानकारी दिएको छ। उक्त टोली...









