वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित

वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारसहित पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा संघले अघि सारेका अधिकांश माग न...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?
काठमाडाैं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबा...

मोरङ कारागारमा बिहानैदेखि खानतलासी, कैदीबन्दी आन्दोलित

मोरङ कारागारमा बिहानैदेखि खानतलासी, कैदीबन्दी आन्दोलित
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैदेखि सुरक्षा टोलीले व्यापक खानतलासी सुरु गरेको छ । कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु राखिएको सूचनाका आधारमा बिहान ४ः३० बजेदेखि खानतलासी थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा सुरक्षाकर्मी परिचालन गरी कारागारभित्र खा...

कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र

कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र
जयकृष्ण यादव इनरुवा, भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय सञ्जीवकुमार शर्मा रहेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार शर्मा कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता हुनुभएको हो । घटनालगत्तै सुनसरी र सप्तरीतर्फका सुरक्षाकर्मील...

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
दाङ, भदौ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो । सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प...

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास वितरण, झन् बढ्दै उपभोक्ताको भीड

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास वितरण, झन् बढ्दै उपभोक्ताको भीड
काठमाडौं। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिए पनि उपभोक्ताको भीड हटेको छैन। ग्यासका लागि उपभोक्ता दिनभरजसो लाइनमै देखिए। बिक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्...

आज नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै

आज नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै
काठमाण्डौ — आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ । आज घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने गरिन्छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ । यसवर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको ह...

पेट्रोलियम पदार्थको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य यथावत
काठमाण्डौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट अस्ति साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले हिजो पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो । यसअघि निगमले गएको साउन १८ गते पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा पेट्रोल तथा डिजेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा द...

गाजा शान्ति योजना अघि बढाउन ट्रम्पका दूतद्वारा हमास नेतासँग भेट

गाजा शान्ति योजना अघि बढाउन ट्रम्पका दूतद्वारा हमास नेतासँग भेट
काठमाडौं, १ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व मामिला हेर्ने विशेष दूत जारेड कुशनरले अमेरिका समर्थित गाजा शान्ति योजनाको कार्यान्वयनबारे छलफल गर्न हमाससँग दुर्लभ वार्ता गरेका छन्। एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार ट्रम्पका ज्वाइँले आइतबार इजिप्टमा हमासका नयाँ नेता खलिल अल हैयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका हुन ।    गत महिना ट्रम्पको ...

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने
काठमाडौं, १ भदौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानर्थ प्रधानसेनापति ग्रहण गर्दैछन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुखले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मानर्थ राष्ट्रपतिको दर्ज्यानी ग्रहण गर्न लागेका हुन । आज राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेना...