सुनको मूल्य निरन्तर उकालोतिर
काठमाडौँ, मङ्सिर २८ गते । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार आठ सय कायम भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका ...









