मलेसियामा गुन्जियो नेपथ्य
नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो ।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो । एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै ...









