मेष राशि
अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ । योजनाअनुसार सफलता हासिल गर्न कठिनाइ हुन सक्छ । खर्च नियन्त्रणमा राख्नु आजको प्रमुख आवश्यकता हुनेछ ।

वृष राशि
दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । कार्य क्षेत्रमा उत्साह जाग्नेछ । परिश्रमअनुसार उचित आर्थिक लाभ प्राप्त हुने संकेत छन् ।

मिथुन राशि
आर्थिक पक्ष सामान्य रहनेछ । आफन्तसँग वादविवाद वा मानसिक तनाव सिर्जना हुन सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ ।

कर्कट राशि
पारिवारिक मेलमिलाप र भेटघाटको अवसर मिल्नेछ । आयका नयाँ स्रोत विकसित हुनेछन् । नातागोता तथा मित्रबाट सहयोग प्राप्त हुनेछ ।

सिंह राशि
खर्च बढ्ने सम्भावना छ । स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुनेछ । निर्णय लिँदा आवेश र हतार नगर्नु बुद्धिमानी हुनेछ ।

कन्या राशि
समय अनुकूल रहनेछ । आयका नयाँ स्रोत थपिँदै जानेछन् । पद वा पैसाभन्दा प्रतिष्ठासँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने सम्भावना छ ।

तुला राशि
विद्यार्थीका लागि सफलता प्राप्त गर्ने समय छ । कार्य क्षेत्रमा उत्साह बढ्नेछ । व्यापार व्यवसायमा अपेक्षाकृत राम्रो लाभ लिन सकिनेछ ।

वृश्चिक राशि
समय मध्यम रहनेछ । सामाजिक तथा धार्मिक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन् । नयाँ योजनाभन्दा पहिलेका कार्यमा प्रगति हुने देखिन्छ । अध्ययनमा पनि ध्यान जानेछ ।

धनु राशि
मानसिक तनाव र चिन्ता बढ्न सक्छ । आफन्त वा साथीबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । आयभन्दा खर्च बढी हुने भएकाले सावधानी अपनाउनु आवश्यक हुनेछ ।

मकर राशि
अरूको सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । रोकिएको धन फिर्ता आउने सम्भावना छ । श्रमअनुसार लाभ प्राप्त हुनेछ भने अध्ययनमा पनि प्रगति हुनेछ ।

कुम्भ राशि
आम्दानीमा वृद्धि हुनुका साथै व्यापार व्यवसायमा लाभ हुने समय छ । रमाइलो यात्रा र पारिवारिक सहयोग प्राप्त हुनेछ । महत्त्वपूर्ण कार्य तथा यात्रामा सफलता मिल्नेछ ।

मीन राशि
बौद्धिक प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिनेछ । स्वास्थ्य सामान्य रहने संकेत छन् । विद्यार्थीले अध्ययनमा उल्लेखनीय प्रगति गर्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया