स्याङ्जा, असोज १९ गते । स्याङ्जामा नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले अर्जुनचौपारी गाउँपालिका–२, खाल्टेका ३० वर्षीय सुरज भन्ने सुरोज नेपालीलाई पक्राउ गरेको हो
परिवर्तित नाम ‘०८३/०८४ भीरकोट–आर’ भएकी नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेपछि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।
पक्राउ परेका नेपालीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक अवस्थीले बताउनुभयो।





