मल अभावले किसान समस्यामा, वितरणमा पक्षपात भएको सांसद श्रेष्ठको आरोप
काठमाडौं । बोधनारायण श्रेष्ठले देशभरका किसानले रासायनिक मलको अभावका कारण खेतीपातीमा गम्भीर समस्या भोगिरहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले धादिङ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग भएको छलफलमा मल वितरण प्रभावकारी नभएको गुनासो व्यापक रूपमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार मल वितरणमा पक्षपात भएको, आफन्त तथा पहुँचवालालाई प्राथमिकता दिइएको र वास्तव...









