रसुवाका बाढीपीडितका लागि सेनाका ८ ट्रकमार्फत राहत सामग्री पठाइयो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्या...









